काठमाडौँ, १३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार तथा सिङ्गो नेकपाको विरुद्धमा अनावश्यक बहानामा भ्रमको खेती भइरहेको उल्लेख गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकताको सवालमा कसैले पढाउनु जरुरी नरहेको बताउनुभएको छ ।
सामाजिक, सांस्कृतिक रुपान्तरण र समृध्दिका लागि युवा अग्रसरता भन्ने मुल नाराका साथ जिल्ला समन्वय समिति झापाले २०७६ फागुन १० र ११ गते विर्तामाेड झापामा आयाेजना गरेकाे जिल्ला युवा सम्मेलन (District youth summit-2076)मा बोल्दै उहाँले प्रधानमन्त्री ओलीको जन्मदिनमा काटिएको केकको विषयमा अतिरन्जित तरिकाले प्रचारवाजी गरिएको बताउनुभयो । पछिल्लो समय गाउँलाई विर्सने प्रवृत्ति बढेकाले प्रम ओली सकारात्मक सन्देश प्रवाह गर्न जन्मथलो गई जन्मोत्सब मनाउनुभएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जन्मोत्सवको केक काट्नलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मघर तेह्रथुम जानुभएको हैन, भ्रम मात्र फिजाउन खोजिएको हो । आफु जन्मेको ठाउँलाई विर्सनु हुँदैन भन्ने सकारात्म सन्देश प्रवाह गर्न उहाँ जन्मथलो जानुभएको हो । तर त्यसलाई अनावश्यक तरिकाले विश्लेषण गरी अतिरञ्जित गरियो । तिललाई पहाड बनाउने चेष्ठा गरियो ।’
उक्त घरलाई संग्राहलयको रुपमा विकास गर्ने लक्ष्यका साथै तेह्रथुमलाई नयाँ तरिकाले विकास गर्ने योजना प्रधानमन्त्री ओलीको योजना रहेको सुनाउँदै उहाँले केकमा नेपालको नक्शा तथा झण्डा प्रधानमन्त्रीको तथा कुनै सरकारी योजनामा नभई सुभचिन्तकद्वारा उक्त कार्य गरेको स्पष्ट पार्नुभयो ।
निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको पनि असल नियतले नभई खराव नियले बाहिर ल्याइएको बताउँदै उक्त काण्डलाई अख्तियार तथा सम्बन्धीत निकायले गंभिर रुपमा छानविन गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको योगदानलाई मूल्याङकन गरी जनप्रतिनिधि बनाउने प्रयास सकारात्मक भएको रहेको उल्लेख गर्दै पार्टीका उपाध्यक्ष गौतमको प्रधानमन्त्री बन्ने लक्ष्य भन्दा पनि प्रत्यक्ष निर्वाचित, समानुपातीक तथा राष्ट्रियसभाका सदस्यहरुको समानता हुनुपर्छ भन्ने धारणा रहेको स्पष्ट पार्नुभयो ।










प्रतिक्रिया दिनुहोस्