एजेन्सी, १३ फागुन । भारतको राजधानी नयाँ दिल्लीमा नागरिकता संशोधन कानुनको विरोधका क्रममा हिंसात्मक झडप हुदा पाँच जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आउनुभन्दा एक घण्टाअघि सोमबार नागरिकता संशोधन कानुनको विरोधका क्रममा हिंसात्मक झडप भएको हो । झडपमा एकजना प्रहरीसहित अन्य सर्वसाधारणको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ । तर, मृतकको सनाखत भने हुन नसकेको बीबीसीले जनाएको छ ।
नयाँ दिल्लीको जेटीबी अस्पतालमा घाइते २५ जनाको उपचार भइरहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्