समाचार

जागिरको प्रलोभन देखाइ युवतीको सामूहिक बलात्कार



काठमाडौँ, १३ फागुन । बुढानिलकण्ठबाट सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोलीले सुनसरी इटहरीकी ३४ वर्षीया एक युवतीलाई जागिरको प्रलोभन देखाई काठमाडौं बोलाएको र सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

बुढालिनकण्ठ नगरपालिका ६ गणेश चोकस्थित सुबास सङ्ग्रौलाको घरमा र भक्तपुरको एक रिसोर्टमा लगेर उनको सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न रहेको अभियोगमा प्रमुख झापा गौरिगंज गाउँपालिका १ स्थायी घरभई बुढानिलकण्ठ बस्ने ३४ वर्षीय विशाल सङ्ग्रौला र सोही ठाउँका ३५ वर्षीय सुबास सङग्रौलालाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।