अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १४ फागुन । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ५ सयले घटेर छापावाला सुन प्रतितोला ७९ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।