पश्चिम नवलपरासी, १५ फागुन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले छोटो समयमै प्रदेश सरकारका काम देख्न थालेसँगै प्रदेश सरकारको अनुभुति गर्न थालेको बताउनुभएको छ ।
पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप र देउरवा गाउँ जोड्ने गरी बन्न लागेको झरही खोला पुलको शिलान्यास गर्दै उहाँले प्रदेश सरकार योजनावद्ध रुपमा विकास र समृद्धिको पक्षमा जनमुखी कामहरु गर्दै अघि बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “छोटो समयमै जनताले प्रदेश सरकारको अनुभूति गर्न थालेका छन्, जनताको सहयोगकै कारण यस्ता उपलब्धिमूलक काम गर्न सम्भव भएको छ, हाम्रा काम देखिन थालेको छ, हामी योजनाबद्ध विकासका पक्षमा छौँ ।”
रामग्राम स्तूपलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यातायातका पूर्वाधारले जोड्न आवश्यक रहेको सन्दर्भमा उक्त पुल रामग्रामको विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । प्रदेशका नागरिकको जीवनस्तर उकास्न तीन वर्षभित्र सबै घरधुरीमा स्वच्छ पिउने पानीको उपलब्धता र दुई वर्षभित्र बिजुली पु¥याउने समेत प्रतिबद्धता दोहो¥याउनुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले आगामी दुई वर्षभित्रै उक्त पुल निर्माण हुने प्रतिबद्धता जनाउँदै पुल निर्माणमा ढिलाइ नगर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्