एजेन्सी, १५ फागुन । अमेरिकाको विस्कन्सिन राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ ।
बुधबार अपरान्ह विस्कन्सिनको मिल्वोकीमा रहेको मोल्सन कूर्स ब्रूइङ्ग कम्पनी परिसरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमण भएका बेला कम्पनीमा सयौँ कर्मचारी कार्यरत थिए । गोलीकाण्डमा मारिने पाँचै जना कम्पनीका कर्मचारी रहेको मिल्वोकी प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्