समाचार

आजको मौसम



काठमाडौँ, १६ फागुन । आज देशका कुनै पनि मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।