राजनीति

नेपाल प्रहरीको एआईजीमा तीन जना सिफारिस



काठमाडौँ, १६ फागुन । गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा तीन जनालाई सिफारिस गरेको छ ।

बिहीबार बसेको बढुवा समितिको बैठकले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) तारिणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल लाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।