इटहरी, १८ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले पार्टीको घोषित नीति र घोषणापत्रको कार्यान्वयनमा पहल गर्ने हो भन्दै बताउँदै एउटा एउटाको पछि लागेर सरकारले कुरा गर्न थाल्यो भने भद्रगोलको स्थिति हुने बताउनुभएको छ ।
प्रेस सङ्गठन प्रदेश नं १ ले इटहरीमा आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पत्रकारमा पेशागत दक्षता आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारले पार्टीको काम र पत्रकारिता पेशालाई बराबरीरूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “कृषिलाई व्यावसायीकरण र आधुनिकीकरण गर्ने काम गरेका छौँ, औद्योगिक क्षेत्रको निर्माणलाई प्रोत्साहन र ऊर्जा विकासको काम प्रारम्भ गरेका छौँ, हामी विकासका लागि योजनाबद्धरूपमा अघि बढिरहेका छौँ ।”
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्र्ज भीम आचार्यले, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेकपा प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्र्य थापा, नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रेस सङ्गठन केन्द्रीय अध्यक्ष महेश्वर दाहाल, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्