विश्व

कोरोना भाइरसको संक्रमण कतारमा पनि देखियो



एजेन्सी, १८ फागुन । कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृत्यु भएको छ । कोइराल र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ ।