समाचार

कलंकीमा सडकबाट लडेर एक जनाको मृत्यु



काठमाडौँ, १८ फागुन । कलंकीमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ ।

गएराति ९ बजेतिर बल्खुबाट कलंकीतिर जाने सडकको मेनलेनबाट सर्भिस लेनमा खसेर ती पुरूष घाइते भएका थिए ।

प्रहरीका अनुसार  घटनास्थलमा पुग्दा उनको मुखमा चोट पटक लागेको र ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । माग्ने जोगी हुन् कि जस्तो लागेको तर पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।