समाचार

एक वृद्धमाथि महोत्तरीमा गोली प्रहार



महोत्तरी, १८ फागुन । महोत्तरीमा ६१ वर्षीय वृद्धमाथि गोली प्रहार भएको छ ।

मनरासिसवा नगरपालिका–३, का  स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव  घाइते भएका छन् ।

महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जानकारी दिए । गोली  यादवको छातीमुनि लागेको छ ।

घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलकबाट चाइनिज पेस्तोलकाे दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको छ । तर गाेली कसले र किन प्रहार गर्‍याे भन्ने खुलेको छैन ।