Banner News

प्रमलाई भेटेर उपराष्ट्रपतिले भने, तपाईँको उपचार नेपालमै हुँदा जनता खुसी छन्



काठमाडौँ, १९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौलाको प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर उपराष्ट्रपति पुनले नेपालमै मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्रीको यस निर्णयबाट जनता पनि खुसी भएको बताएका थिए ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि सबै तयारी पूरा भएको उपराष्ट्रपतिलाई जानकारी दिएका थिए भने त्यसपछि आफू पूर्ण स्वस्थ भएर देश र जनताको सेवामा समर्पित हुने बताएका थिए ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले उपराष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनासहित नेपालमै उपचार गर्न लागेकोमा खुसी प्रकट गरेको जानकारी दिए ।