समाचार

ज्वरो आए यात्रा नगर्नुस्, टिकट रद्द गरे भाडा फिर्ता



काठमाडौँ, २० फागुन । नेपालको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बूद्ध एयरले कोरोना भाइरसको मूख्य लक्षण रुघाखोकी र ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउने आहृवान गर्दै कम्पनीले बरु यात्रा रद्द गर्न सुझाव दिएको छ ।

टिकट रद्द गरेवापत नियमअनुसार भाडा फिर्ता गरिने कम्पनीको भनाइ छ । कम्पनीले भनेको छ, ‘कोरोना भाइरसको प्रकोप संसारभरी नै फैलिरहेको छ । यसका लागि हामी सबैले सावधान अपनाउनै पर्छ, तसर्थ कोरोनाको मूख्य लक्ष्य रुघाखोकी तथा ज्वरो आएका व्यक्ति र आफन्तजनले हवाई यात्रा तथा विमानस्थलमा नगइदिनुहुन अनुरोध गर्दछौं ।’