हेटौंडा, २१ फागुन । ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिकलाई मकवानपुरबाट प्रहरीले ६ पक्राउ गरेको छ ।
काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्