महोत्तरी, २१ फागुन । भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् ।
राकेश झाँकी पत्नी कञ्चन झा आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी र उक्त शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीलाई घरका परिवारजनले भुण्डिएको अवस्थामा आफुहरुले देख्दा उपचार हुनसक्ने ठानेर बन्धन काटेर झार्दा मृत्यु भइसकेको बताएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्