समाचार

टिपरको ठक्करबाट हजुरबुवा–नातिनीको मृत्यु



बिराटनगर, २१ फागुन । बिराटनगरमा टिप्परले अटोलाई ठक्कर दिँदा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु भएको छ ।

बिराटनगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरत दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा अटो चालक मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता सरदारको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै मृतकका आफन्त र स्थानीयले टिपरमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भिडलाई हटाएर दमकलको सहयोगमा आगो निभाएको थियो ।

टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ बस्ने ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।