समाचार

स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु



रुपन्देही, २१ फागुन । सिद्धार्थनगर नगरपालिका–११ नौडिहवामा स्कुल बसको ठक्करबाट अन्दाजी ४ वर्षीय बालकको मृत्यु भएको छ ।

आज बिहान लु १ क २२०४ नम्बरको स्कुल बसले सोही ठाउँका कम्लेस पालका अन्दाजी ४ वर्षीय छोरा रितेश ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 सो दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।