Banner News

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर (विज्ञप्ति सहित)



काठमाडौँ, २१ फागुन । प्रधानमन्त्रीको केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले अहिले ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न  थालिसकेको बताए । त्यस्तै ओलीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको पनि खड्गाले जानकारी दिए ।

उनलाई प्रतयोरोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने पनि चिकित्सकहरुले बताएका छन् ।