काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन् ।
बुधबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अवस्थाबारे बुझ्न अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिकित्सकहरूलाई उद्धृत गर्दै अवस्था सुधार हुँदै गएको बताए ।
मन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । उहाँले बिहान चिया खुवाइएको जानकारी चिकित्सकले दिनु भएको छ ।’
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि बुधबार ४ घण्टा लगाएर अर्को मिर्गौला प्रत्यारोपण गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्