काठमाडौँ, २३ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
भेटमा राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना पनि दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्