समाचार

आजको मौसम



काठमाडौँ, २४ फागुन । अहिले काठमाडौँसहित देशका अधिकांश भागमा वर्षा भइरहेको छ ।

देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिम वायुको प्रभावले देशका अधिकांश भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिनभरजसो नै हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै आज हिमाली भेगमा भने हिमपात हुनसक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । शनिबार रातिदेखि नै पानी परेपछि काठमाडौंलगायत स्थानको जनजीवन प्रभावित बनेको छ ।

शुक्रबार भित्रिएको मौसमी प्रणाली शनिबार रातिदेखि पूर्व हुँदै बाहिरिने छ । पानी पार्ने मौसमी प्रणाली बाहिरिएपछि घाम लाग्ने महाशाखाले जनाएको छ ।