काठमाडौँ, २४ फागुन । कोरोना भाइरसका विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न सरकारले आग्रह गरेको छ ।
आज गृह मन्त्रालयले एक विज्ञप्ती निकालेर भाइरसको सङ्क्रमण नेपालमा अहिलेसम्म पुष्टि नभएकोले अनावश्यक हल्ला र प्रचारबाजीको पछाडि नलाग्न आग्रह गरेको हो ।
सरकारले सङ्क्रमणबाट जोगिन उच्च सतर्कता अपनाएकोले अनावश्यक चिन्ता लिएर नबस्न समेत आग्रह गर्दै कसैले कालोबजारी, मूल्यवृद्धि र कृतिम अभाव गरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले सामाजिक सञ्जाल र संचारमाध्यमले डर पैदा गर्ने खालका काम गरिरहेको पाइएकोले तथ्यपरक सूचना मात्रै प्रवाह गर्न पनि संचारमाध्यमलाई आग्रह गरेको छ ।
यसैबीच, होली पर्व नजिकिएसँगै भीडभाड र भेलामा जम्मा हुने, लोला फ्याक्ने, शरीरमा रंग र अबीर दल्नेलगायतका काम नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्