राजनीति

विप्लव समूहका जिल्ला नेता पक्राउ



भोजपुर, २७ फागुन । सरकारबाट प्रतिवन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका विद्यार्थी नेता पक्राउ परेका छन् ।

पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक होटलबाट प्रहरीले विप्लव समूहनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।