काठमाडौँ, २६ फागुन । फागुपूर्णमा अर्थात् हाेली पर्वकाे अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना दिका छन ।
नेपालको पहाड र तराईमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा उहाँले ‘सम्पूर्ण दाजु–भाइ तथा दिदी–बहिनीहरु’ मा शुभकामना एका हुन ।
सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘होली पर्व हाम्रो एक धार्मिक र साँस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ, ‘वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्व मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटो तर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भन्ने शुभ–कामना व्यक्त गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्