Banner News

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार (विज्ञप्तीसहित)



काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा सक्रिय हुन ६ महिनादेखि वर्षदिन लाग्ने प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले बताउनुभएको छ ।

एक हप्ता अगाडि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. शाहले सक्रिय भएर हिँडडुल तथा साधारण मानिसले जस्तो जीवन यापन गर्न समय लाग्ने बताउनु भएको हो ।

शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल राख्न परिवारकै सदस्यबाट आग्रह आएको बताउँदै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ । उहाँलाई भिडभाडमा नजान सल्लाह दिएको छ । तर, उहाँले दैनिक कार्य आफ्नो कार्यालयबाट गर्न सक्नुहुन्छ ।’

अस्पताल विश्वस्त भएपछि डिस्चार्ज गर्ने जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु ।’ प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा सङग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार आइरहेको शाहले जानकारी दिनुभयो ।