राजनीति

घाइतेको अवस्था बुझ्न प्रवक्ता श्रेष्ठसहितको टोली अस्पतालमा



काठमाडौँ, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टीको प्रवक्ता गोरखामा भएको जीप दुर्घटनामा परि घाइते हुनुभएकाहरुको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको छ ।

मंगलबार गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकालाई हेलिकप्टरको माध्यमबाट काठमाडौँ ल्याईएको छ । गम्भीर घाइते हरुको काठमाडौँ स्थित ग्रिन सिटि हस्पिटलमा उपचार भइरहेको छ ।

बोलेरो जिप दुर्घटनामा परि घाइते भएकाहरुको स्वास्थ अवस्था बारे हस्पिटल र डाक्टरहरुसँग जानकारी लन प्रवक्ता श्रेष्ठ अस्पताल पुग्नुभएको हो । उहाँसँग संघिय सांसद चुडामणी खड्का , पूर्वराज्यमन्त्री छमबहादुर गुरुङ लगायतको टोलि रहेको थियो । उक्त क्रममा प्रवक्ता श्रेष्ठले घाइतेको उपचारमा कुनै कमजोरी हुन नदिन अस्पताललाई आग्रह गर्नुभएको छ । त्यस्तै उहाँले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । प्रवक्ता श्रेष्ठ गोरखा निवासी हुनुहुन्छ ।

घाइतेहरुको उद्धारको लागि हेलिकप्टरको नेकपा केन्द्रीय सदस्य संघिय सांसद खड्का, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, बन तथा बाताबरण मन्त्रालय सचिवालय सदस्य धिरज उपरकोटीलगायत उद्दारमा खटिनु भएको थियो ।