Banner News

किन अकस्मात बोलाए उपप्रधानमन्त्री पोखरेलले सर्वदलीय बैठक !



काठमाडौँ, २८ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठकको आव्हान गरेका छन ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ३ बजेका लागि तय गरिएको छ । संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको बैठकमा विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे जानकारी तथा छलफल हुने उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।