Banner News

‘प्रधानमन्त्री ओलीको डिस्चार्ज छिट्टै हुन्छ : फेक न्यूजका पछाडि नलागौं’



काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले डिस्चार्ज गर्ने भन्नेबारेमा शल्यक्रियामा सहभागी चिकित्सकहरुबीच छलफल भइरहेको बताइएको छ ।

बुधबार प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै प्रधानमनत्रीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै शल्यक्रियामा संलग्न चिकित्सको सुझावका आधारमा डिस्चार्ज गरिने बताउनुभएको छ ।

प्रधानमन्त्रीलाई थप उपचारका लागि विदेश लैजान लागिएको भन्ने समाचार सत्य नभएको बताउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था नियमित रुपमा अस्पतालले बुलेटिनमार्फत सार्वजनिक गरिरहेको भन्दै डिस्चार्जपछि निवासमा हुने भेटघाट, मिटिङ र मन्त्रिपरिषद् बैठक लगायतका सेटअप मिलाउने सन्दर्भमा काम भइरहेको जानकारी दिनुभयो । उहाँले प्रधानन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर आएका फेक न्यूजका पछाडि नलाग्न आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको भने बुधबारै डिस्चार्ज भैसकेको छ ।