समाचार

शौच गर्न गएकी एक महिला मृत अवस्थामा फेला



जनकपुरधाम, ३० फागुन । शौच गर्न गएकी एक महिला तीन दिनपछि मृत अवस्थामा फेला परेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका-६ की रोशनी खातुन गत मंगलबार दिउँसो शौच गरेर आउने भन्दै निस्केकी शुक्रबार मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ‘गत मंगलबार बजारमै रहेको सार्वजनिक शौचालयमा शौच गरेर आउने जानकारी आफन्तलाई दिएर उनी गएकी थिइन् । खातुन चिप्लिएर पोखरीमा डुबेको हुनसक्ने डीएसपी कार्कीले बताइएको छ थप अनुसन्धान भइरहेको छ  ।