समाचार

कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ



मोरङ, ३० फागुन । सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल एक थान र गोली एक राउण्ड सहित ३ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले सुनवर्षी नगरपालिका–८ हर्चनगढीस्थित पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा बिहीबार राति भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, आन्नद कुमार मण्डल र २१ वर्षीय राकेश कुमार साहलाई पक्राउ गरेको हो ।

पेस्तोल एक थान, गोली एक राउण्ड साथै उनीहरुको साथबाट अनटेष्ट लेखिएको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उक्त सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।