समाचार

आजको राशिफल



आज २०७६ साल चैत १ गते शनिबार, चैत्र कृष्ण पक्ष पञ्चमी, मीन संक्रान्ति

मेष (चुचेचोलालिलुलेलोअ)

रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला ।

वृष (इवाविवुवेवो)

आज धर्म,कर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचारपनि सुन्न पाइएला ।

मिथुन (काकिकुकेकोहा)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

कन्या (टोपापिपुपेपो)

धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

तुला (रारिरुरेरोतातितुते)

आज स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

आज शुभकार्यको चर्चा चल्नेछ । वित्तीय संस्थाबाट सहयोगपनि पाइएला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मकर (भोजाजिजुजेजोखिखुखेखोगागि)

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

श्रमको उचित मुल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

मीन (दिदुदेदोचाचि)

मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

साभारः हाम्रो पात्रोबाट