Banner News

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता



काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ  ।

आज बिहान अध्यक्ष दाहाल बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिएका हुन ।

सो क्रममा अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिदै उनले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन ।

साथै उक्त भेटमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन ।