समाचार

मेडिकल काउन्सिलद्वारा लाइसेन्स परीक्षा स्थगित



काठमाडौँ, ५ चैत । नेपाल मेडिकल काउन्सिलले चैत्र ८ मा लिने तयारी गरेको एमबीबीएस र बीडीएस तहको सरकारसँग अनुमती लिने (लाइसेन्स) परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध सतर्कता अपनाउन परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

काउन्सिलका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले कोरोना भाइरसको संक्रमण विश्वयापी महामारी फैलिएको र नेपाल उच्च जोखिमको सूचीमा रहेको अवस्थामा सतर्कता नै पहिलो विकल्प हो भन्दै परीक्षा स्थगित गरेको बताए ।

परिक्षाका लागि १ हजार ६० जनाले आवेदन दिएका थिए । काउन्सिलले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको सल्लाहकै आधारमा स्थगित गर्ने निर्णय गरेको पनि डा. अधिकारीले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।