समाचार

आजको मौसम



काठमाडौँ, ५ चैत । आज देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी पहाडि भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै देशको पश्चिमी पहाडि भु–भागका १/२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।