राजनीति

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्र आन्तरिक रणनीति बनाउँदै



काठमाडौँ, ६ चैत । कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न एकजुट हुने प्रयास अन्तर्गत साझा रणनीति निर्माणका लागि सार्क राष्ट्र आन्तरिक गृहकार्यमा व्यस्त छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकहरूले पहिलो पहल अनुसार पाँच दिनअघि भिडियो सम्मेलन गरेर आफ्ना अनुभव साटासाट गरेका थिए । जसले विश्व मञ्चमा सकारात्मक सन्देश दिएको थियो ।

सङ्कटका बेला क्षेत्रीय पहलमै केही गर्न सक्ने क्षमता प्रकट गरेको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा भिडियो सम्मेलनको प्रशंसा गरिएको थियो । भिडियो सम्मेलनमा गर्न सकिने पहलका बारेका समेत बहस भएको थियो ।

साझा रणनीति बनाउनेसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट बच्ने सङ्घर्षका लागि आपत्कालीन कोष खडा गर्न प्रस्ताव गर्नुभएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।