काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सवै नागरिकलाई समानता र न्यायको सारथीको रुपमा काम गर्ने उल्लेख गर्नुभएको छ ।
५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले दलीत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुँच पु¥याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताउनुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ, “जातीय एवं सांस्कृतिक विविधतायुक्त सयौँ थुँगा फूलका एउटै मालाको प्रतिविम्बका रुपमा रहेको हाम्रो राष्ट्र नेपालमा सबै फूलहरुलाई फुल्ने र फक्रने वातावरण तयार गर्न वर्तमान सरकार सांस्कृतिक रुपान्तरणका माध्यमबाट मानव अधिकारको प्रवद्र्धन एवं संवद्र्धनका लागि दृढताका साथ अगाडि बढनेछ ।”
अन्धविश्वास र अचेतनाबाट लाभ उठाएर गरिने मानवताविरोधी क्रियाकलाप अन्त्य गर्न सामाजिक अभियान चलाउन आवश्यक रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “नेपालको एकीकरणलगायत राजनीतिक परिवर्तनका लागि भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली दलितले निभाएको बलिदानीपूर्ण भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु ।”
सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात, अज्ञातशहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्