सल्यान, १४ चैत । सल्यानमा बस दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ भने बस चालक सहित तीन जना घाइते भएका छन् ।
बिहीबार बेलुका शारदा नगरपालिका-८ काँटी गाउँमा ना ३ ख ७९७५नम्बरको बस मार्केबजार नजिकै अनियन्त्रित भई सडकबाट करिब ५० मीटर तल खस्दा दाङको तुल्सीपुर उपमहानगरपालिका-४ का १९ वर्षीय सुजन नेपालीको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।
नेपालीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्