समाचार

धनगढीमा पनि भेटिए कोरोना संक्रमित



धनगडी, १४ चैत । नेपालमा कोरोना भाइरस (कोभिडा-१९) को चाैथो ब्यक्तिलाई संक्रमण भएको पुष्टि भएको छ ।

उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी भर्खरै दुबइबाट अएका र ३४ वर्षका नेपाली पुरूष हुन् ।

उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या चार पुगेको छ । जसमा निको भएको संख्या १ रहेको छ । काठमाडौँ उपत्यका बाहिर संक्रमित भएको व्यक्ति भेटिएको यो पहिलो घटना हो ।