समाचार

चीनबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो



काठमाडौँ, १६ चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आज काठमाडौँ आइपुगेको छ ।

सरकारले किनेको तथा ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री आज बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको नेपाल एयरलाइन्सले जनाएको छ ।

यही जहाजमा चीनको सिचुवान प्रदेश, चिनियाँ दूतावास, अलिबाबा र ज्याकमा फाउन्डेशनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराउने भनिएका सामग्रीहरु पनि ल्याइएको हो ।