काठमाडौँ, १६ चैत । कोरोना महामारीको सम्भावित खतरालाई मध्यनजर गर्दै सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले नेपाली सेनाले कोभिड–१९ रेस्पोन्स यप नेपाल (covid-19 response App-nepal) नामक मोबाइल एप प्रयोगमा ल्याएको छ ।
सेनाले आज एक विज्ञप्ति जारी गर्दै उक्त मोबाइल एपबाट सर्वसाधारणले आफ्नो परिवार, छरछिमेक तथा साथीभाईमा कोभिड–१९ सम्बन्धी लक्षण देखिने विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ ।
उक्त मोबाइल एप सेनाको वेभसाइट www.nepalarmy.mil.np बाट डाउनलोड गर्न सकिने समेत जानकारी दिइएको छ । तर हाललाई भने यो एप एनरोइड मोबाइल फोनको लागि मात्र तयार गरिएको र केही दिनमै एप्पल मोबाइल फोनका लागि समेत तयारी गरिने सेनाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्