पर्सा, १६ चैत । पर्साको पर्सागढी नगरपालिका–३ बडनियार इलाकाबाट करिब ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक पक्राउ परेका छन ।
शनिबार सशस्त्र प्रहरी बल नेपाल सरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले सोही ठाउँमा रहेको जंगलबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको अबस्थामा पर्सागढी नगरपालिका–८ हरपुर बस्ने ३५ वर्षिय रामायण साहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई एपीएफ टोलीले बरामद सालको गोलिया काठसहित आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाएको छ ।










प्रतिक्रिया दिनुहोस्