विश्व

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ८५१ पुग्यो (सूचिसहित)



काठमाडौँ, १६ चैत । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ३० हजार ८५१ जना पुगेको छ ।

एकै दिन ३ हजार ४९९ जनाको मृत्यु भएपछि मृतकको संख्या ३० हजार ८५१ पुगेको हो । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ६ लाख ६२ हजार ९६७ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये १ लाख ४१ हजार ९५३ जना उपचारपछि घर फर्किएका छन् ।

अहिले सम्म इटालीमा १० हजार २३ जनाको मृत्यु भएको छ । यसैगरी स्पेनमा ५ हजार ९८२, चीनमा ३ हजार ३०० जना र अमेरिका २ हजार २११ जनाको मृत्यु भएको छ ।

कुन देशमा कति जनालाई संक्रमण र कति जनाको मृत्यु भएको छ हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/