समाचार

आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु



बुटवल, १६ चैत । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ ।

उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडाँै पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताएका छन ।

उनी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका र यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।

एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरीएको थियो  ।