मनोरञ्जन

गायक बद्री पंगेनीले गरे कारोना रोकथाम कोषमा ५० हजार सहयोग



काठमाडौँ, १७ चैत । लोक दोहारी गायक बद्री पंगेनीले सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा ५० हजार  रुपैयाँ सहयोग गरेका छन् ।

गायक पंगेनीले राष्ट्रिय बाणिज्य बैंकमार्फत उक्त कोषमा रकम दाखिला गरेका हुन् । सबैको सानोसानो सहयोगले सरकारलाई अहिलेको बिपतबाट पार पाउन सजिलो हुने उनको धारण रहेको छ । यो लक डाउनमा आफुले पुस्तक पढ्ने, फिल्म हेर्ने र नयाँ गीत बनाउनेमा समय बिताइरहेको पंगनीले जानकारी दिएका छन  ।