काठमाडौँ, १८ चैत । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ ।
वीरका डा. विद्यानिधि पौडेलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको हो । चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्