राजनीति

प्रधानमन्त्री कार्यालयले बोलायो बैंकर्सलाई



काठमाडौँ, २० चैत । प्रधानमन्त्री कार्यालयले बैंकर्सहरुलाई छलफलमा बोलाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैंकर्स एसोसिएसनसँग छलफल हुन लागेको हो ।

उक्त छलफलको विषय नखुलाइएपनि सम्भवतः कोरोनाकै विषय र त्यसमा बैंकहरुले दिने राहतकै विषयमा छलफल हुने अनुमान गरिएको छ । सरकारले ऋणको किस्ता तिर्ने समय असारसम्म पुर्याउन बैंकहरुलाई यसअघि नै निर्देशन दिइसकेको छ ।