काठमाडौँ, २० चैत । कुवेतमा एक जना नेपाली कामदार विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित भएका छन् ।
बुधबार कुवेतमा २८ जना संक्रमित पहिचान भएको र त्यसमध्ये एकजना नेपाली कामदारमा पनि देखिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
कुवेतमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुगेको छ भने ८० जना निको भएर घर फर्किसकेका छन्। त्यस्तै २ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय छ ।










प्रतिक्रिया दिनुहोस्