काठमाडौँ, २० चैत । आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेकाे आरोप लागेका एक बावुले प्रहरी हिरासतमै आत्महत्या गरेको रहस्य खुलेको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोल बाडीगाउँस्थित सुकुम्बासी बस्तीमा बस्दै ती बावुले आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेकाे थियाे । साे पश्चात प्रहरीले करिब १ महिनाअघि उनलाई हिरासतमा लिएको थियो ।
श्रीमानले १६ वर्षिया छोरीलाई बलात्कार गरेको थाहा पाएकाे भन्दै श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएलगत्तै प्रहरीले बावुलाई प्रकाउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।










प्रतिक्रिया दिनुहोस्