Banner News

सीमामा अलपत्र परेका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने



काठमाडौँ, २१ चैत । भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने भएको छ ।

बिहीबार बसेको कोरोना भाइरसविरुद्धको उच्चस्तरीय समितिको बैठकले अलपत्र परेका नेपालीले क्वारेन्टाइनमा बसेर संक्रमण नभएको देखिएपछि मात्रै नेपाल आउन दिने निर्णय गरेको हो ।

बैठकले सीमा नाकालाई भने तत्काल आवत–जावतका लागि खुला नगर्ने निर्णय गरेको छ । यस्तै, बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने निर्णय समेत गरेको छ ।